Friday, July 11, 2014

वीरगञ्जमा ‘घडी’कै कारण विवाद ।


– नीरज पिठाकोटे

वीरगन्ज, २७ असार । डेढ दशक देखि बिग्रिएर बन्द अवस्थामा रहेको वीरगंजको घण्टाघरको घडी  संचालनमा आएको केही समय वित्न नपाउँदै पुनः बन्द हुने अवस्थामा पुगेको छ ।

घण्टाघरको घडी सञ्चालनका लागि रकम उपलब्ध नगराएपछि घडी बन्द अवस्थामा पुगेको हो । जापानी विद्यार्थीको सहयोगमा घडी आएको थियो ।

घडी चलाउने जिम्मेवारी पाएको नेपाल टेलिकमले टेण्डर मार्फत संचालनमा ल्याएको घडी ठेकदारलाई भुक्तानी नदिँदा समस्या आएको हो ।

वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको ‘वीरेन्द्र प्रभात घडी’ बनाउने र घडीजडित घर ९घण्टाघर० रेखदेख गर्ने जिम्मा टेलिकमले पाएको छ । टेलिकमले पनि कन्सिस्टेण्ट नेपाल प्रालिलाई सञ्चालनको जिम्मेवारी दिएको छ ।

कन्सिस्टेण्ट नेपाल प्रालिका प्रबन्ध निर्देशक हृदयराज गौतमले टेलिकमले भुक्तानी नदिएकाले घडी चलाउन आफूहरूले नसक्ने बताए । उनले भुक्तानीको माग गरेर आन्दोलन घोषणा समेत गरेका छन् ।

नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय वीरगन्जका प्रमुख अमरनाथ झाले भने सम्झौता अनुसार घडी सञ्चालन गर्न प्राविधिक काम ठेकदार पक्षले नसिकाएका कारण भुक्तानी ढिलो गरिएको बताए । ‘चेक तयार छ । ठेकदारले घडी संचालनको प्राविधिक ज्ञान दिए चेक दिन्छौँ,’ उनले भने । ः यात्रा डेली 

लोकप्रिय पोस्ट