Wednesday, July 9, 2014

जीतपुर स्थित ईन्भर्टरको आगलगीले १७ लाखको क्षती ।

जीतपुर स्थित ईन्भेष्टमेन्ट बैंक बल्लतल्ल जोगियो 
ईन्भर्टरको आगलगीले १७ लाखको क्षती
    जीतपुर,
          गढीमाई नगरपालिका वडा नं. ७ जीतपुर स्थित यासिन मार्केटको एक पसलमा ईन्भर्टर सर्ट भई आगलगी हुदा रु १७ लाख मुल्य बराबरको सम्पूर्ण मालसामान नष्ट भएको सामाचार प्राप्त भएको छ ।
         गए राति करिब ११ बजे सो २ तल्ले मार्केटको भुई तल्लामा रहेको ब्याहुत जेनेरल स्टोर्समा ईन्भर्टर सर्ट भई आगलगी भएको प्रारम्भिक अनुसंधानमा बुझिएको ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख अरुण कुमार कुश्वाहाले बताए । 
         सो आगलगिको बिक्रान्त स्थितीले गर्दा माथिलो तल्ला स्थित नेपाल ईन्भेष्टमेन्ट बैंकको क्यास कारोबार भवनमा समेत आगलगी फैलिनबाट स्थानीय प्रहरी, ब्यवसायी बासिन्दाहरुको अथक प्रयासले आगलगि नियन्त्रणमा लिई बल्लतल्ल जोगाईएको प्रहरी प्रमुख कुशवाहाले बताए । 
     सो आगलगी नियन्त्रणको लागि कलैया, बिरगंज र नेपाल आयल निगम अमलेख गंजको बारुण यन्त्र समेत सहभागी भएको सामाचारमा जनाईएको छ । 
        सो ब्याहुत जेनेलल स्टोर्समा १७, १८ लाख मुल्य बराबरको मालसामान जलेर नष्ट भएको पसले संतोष गुप्ताले बताए । 
         सो आगलगी स्थानीय प्रहरी ब्यवसायी बासिन्दाहरुको अथक प्रयास तथा सहयोगले समयमै नियन्त्रणमा आएको हो सो आगलगी बाट बल्लतल्ल क्ष्ँती हुन बाट जोगिएको नेपाल ईन्भेष्टमेन्ट बैंक जीतपुरका प्रबन्धक साजन साहले प्रतीकलाई बताए । 

जीतपुरमा ईन्भर्टर सर्टको आगलगिले रु १७ लाखको मालसामान सखाप भएको पसल । गम्भीरा सहनी




लोकप्रिय पोस्ट