Saturday, July 12, 2014

आदर्शनगर बिरगंज स्वीमिङपुल स्थित एक बालकको मृत्यू

प्रस, वीरगंज, २८ असारर
    वीरगंज उपमहानगरपालिका कार्यालय अन्तर्गत ठेक्कामा रहेको स्वीमिङ पुल तथा हेल्थ क्लब आदर्शनगरमा आज एकजना भारतीय बालकको डुबेर मृत्यु भएको छ ।
    वीरगंज घण्टाघरमा श्रीराम स्टेसनरी सञ्चालन गर्दै आएका रक्सौल पटेलपथ निवासी सुरेश साह तेलीका १३ वर्षीय छोरा सौरभ साह तेलीको स्वीमिङ पुलमा डुबेर मृत्यु भएको जिप्रका पर्साले जनाएको छ ।
    मृतक सौरभ भाइ रमेश साह तेलीसहित साथी
हरूसँग स्वीमिङ गर्न आएका र १२ फिटको पुलमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । घटनास्थलमा मृतक सौरभका भाइ रमेशले दाइ डुबेकोबारेमा आफूले हल्ला गरेको तर कसैले नसुनेको र उद्धार नगरिएको बताए ।
    स्वीमिङ पुल सञ्चालकले भने मृतक सौरभ ५ फिट पुलमा नुहाउँदै गर्दा एक्कासि १२ फिट गहिरो पुलमा 
गएको र आज शनिवारको दिन भीडभाड बढी भएकोले चाल नपाएको बताएको छ ।
    स्वीमिङ पुलमा मन्दीप ठकुरी र मनीष ठकुरी लाइफ गार्डमा कार्यरत रहेकामा एकजना नास्ता खान गएपछि सो घटना भएको बताइएको छ । प्रहरीले ड्युटीमा रहेका मनीष ठकुरीलाई सोधपुछको लागि नियन्त्रणमा लिएको छ ।
    सो घटनापछि स्वीमिङ केही दिनको लागि बन्द गरिएको छ । 

लोकप्रिय पोस्ट