जीतपुर प्रहरी गस्ती टोली द्धारा
लागु औषध सहित २ जना पक्राउजीतपुर,
ईलाका प्रहरी कार्यालय जीतपुरको गस्ती टोलीले गए राति लागु औषध सहित २ जना यूवकलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय सिमरा पठाईएको ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्र.ना.नी अरुण कुमार कुशवाहाले आज बताए ।
पक्राउ पर्नेमा काठमान्डौं महा नगरपालिका वडा नं. १४ कलंकी बस्ने बर्ष २१ को सुमन सिग्देल र निजगढ नगरपालिका वडा नं. ३ बाघदेव बस्ने बर्ष २४ को सबीर साप्कोटा, सहित उनीहरुको जिवबाट लागु औषध डाईजोपाम ईन्जेक्सन १७ थान, फेन्रागन ईन्जेक्सन १५ थान र ब्यूरोफेम १७ थान बरामद गरिएको सामाचारमा जनाईएको छ ।
जीतपुर प्रहरी गस्तीटोलीले गस्ती गर्दै जाने क्रममा गढीमाई नगरपालिका स्थित लालका पुल नजिक सडक छेउमा संकाशपद रुपमा हिडिरहेको अवस्थामा पक्राउ गरी चेकजाच गर्दा सो लागु औषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फोटो ः जीतपुर प्रहरी द्धारा लागु औषध सहित पक्राउ परेका २ युवक ः गम्भीरा सहनी