Wednesday, July 9, 2014

एसएसपी खरेललाई बेलायतमा सम्मानको ओइरो

'प्रहरी अधिकृतहरु बढुवाका लागि बि्रफकेस बोकेर शक्ति केन्द्र धाइरहेको'
    लन्डन , असार २४ - 


विवादास्पद अभिव्यक्तिका कारण महिना दिन विदा बस्न बाध्य एसएसपी रमेश खरेलले बेलायत आउँदा सम्मानै सम्मान पाएका छन् ।


 व्यक्तिगत भ्रमणमा बेलायत आएका खरेललाई बेलायतवासी नेपालीले अपराध र भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै स्वागत तथा सम्मान गरे । खरेलसँग फोटो खिचाउन र उनको सम्मानमा कार्यक्रम गर्न इच्छुकको ताँती रह्यो । तर, खरेलले व्यक्तिगत भ्रमणलाई धेरै औपचारिक बनाउन चाहेनन् । उनले विगतका विवादास्पद राजनीतिक प्रसंग पनि कोट्याएनन् ।
गुण्डागर्दी नियन्त्रणमा बडो कठोर देखिने उनी बिना बर्दी भने ज्यादै सरल र हँसिलो देखिन्थे । 'फोटो खिच्न तछाडमछाड सर्वसाधारणसँग उहाँ मज्जासँग घुलमिल हुनुभयो', एक सहभागी भन्दै थिए ।
सहारा यूकेले उनको सम्मानमा फार्नवोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा एक कार्यक्रम गर्यो । उक्त अवसरमा एसएसपी खरेलले आफू कर्तव्य पालनमा कहिल्यै विचलित नहुने बताउँदै देश र नेपाल प्रहरीका तर्फबाट आफूलाई साथ दिएकामा सबैप्रति आभार व्यक्त गरेको सहारा यूके अध्यक्ष नवीन गुरुङले जनाए ।
उता, अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा पनि बेलायतवासी नेपालीले सम्मान गरे । उक्त अनौपचारिक कार्यक्रममा वहाल तथा अवकासप्राप्त बि्रटिश आर्मीका कमिशन अफिसरहरुदेखि करिव तीन दर्जन नेपाली संघसंस्थाका प्रमुख सहभागी थिए । भेटघाटमा खरेलले बेलायतवासी नेपालीमा नेपालप्रतिको माया र चासो देखेर आफू प्रफुल्ल भएको बताएका कार्यक्रम संयोजक हिराधन राईले जनाए ।
त्यसैगरी, चाल्टर्न नेपाली समाजको बीबीक्यू कार्यक्रममा पनि उनी विशेष अतिथीका रुपमा उपस्थित भए । खरेललाई एभरेष्ट इन रेष्टुरेन्टमा पनि सम्मान मिल्यो ।  
श्रोतका अनुसार, खरेल नातेदारको बिहेमा एक्लै बेलायत आएका हुन् । यहाँ आएका बेला उनी स्कटल्याण्ड समेत घुम्न गए । उनी आजै मंगलबार स्वदेश र्फकंदैछन्
                                                                                 
                             
                    

लोकप्रिय पोस्ट