Wednesday, July 16, 2014

Nagar Parishad .

गढीमँई नगरपालिका मुलुककै दोश्रो राजधानी हुनसक्छ–मंत्री पौडेल
प्रथम नगरपरिषद सम्पन्न, १४ करोडको बजेट प्रस्तुत
    जीतपुर,
            हालै ७२ वटा घोषित नगरपालिकाहरु मध्ये गढीमाई नगरपालिकाको विकास निर्माण तथा पूर्वाधार सहित राष्ट्रिय गौरबका आयोजनाहरु यहा भएकोले सबै पक्ष्ँले आ–आफ्नो कार्यक्ष्ँेत्रबाट सहयोग गरेको खण्डमा मुलुककै यो नगरपालिका मुलुककै दाश्रो राजधानी हुन सक्छ, यस्को लागि सरकार तर्फबाट आफु सक्रिय रहेको युवा तथा खेलकुद मंत्री पुरुषोतम पौडेलले आज जीतपुरमा बताए ।
         नव घोषित गढीमाई नगरपालिकाको प्रथम नगर परिषदको प्रमुख अतिथिको रुपमा सो परिषदको उदघाटन समारोह विच मंत्री पौडेलले सो कुरा बताए ।
         बारा जिल्लाका ५ वटा गाविसहरु पिपरा सिमरा, भवानीपुर जीतपुर, छातापिपरा, फत्तेपुर र डुमरवाना सामावेश गरी निर्माण गरीएको यस गढीमाई नगरपालिकाको एैतिहासिक, धार्मिक, भौगोलिक, राजनैतिक आदी विविद दृष्टीकोणले महत्व राख्नु यस नगरपालिकाको प्रथम नगर परिषदमा नगर प्रमुख तथा कार्यकारी अधिकृत कृष्ण प्रसाद चापागाईले कुल रु १३ करोड ८४ लाख ९१ ह्जारको बजेट प्रस्तुत गरेको प्राप्त विवरणमा जनाईएको छ ।
       प्रस्तुत गढीमाई नगरपालिका जीतपुर बाराको निति, बजेट तथा कार्यक्रम बमोजिम यस नगरपालिका संग सम्बन्धित सुचनाहरु नगपालिकाको वेब साईमा राखिने छ, भने सहरी क्ष्ँेत्रको परिचायह सडक बत्ती पनि हो त्यसैले नगरपालिकाको १६ बटै वडामा यसलाई बिस्तार गर्दै लगिनेछ र नगरपालिकाको राजस्व संकलनका संभब्यता बारे अध्यन– अनुसंधान गरी अर्को आर्थिक बर्ष देखि करको दायरा फराकिलो बनाई एकिकृत कर प्रणाली सुरु गरिने नगर प्रमुख चापागाई द्धारा प्रस्तुत बजेट पत्रमा उल्लेख गरीएको छ ।
        गढीमाई नगरपालिका क्ष्ँेत्रका उधोग, ब्यवसायलाई ब्यवस्थित गराउन पहल गरिने छ, भने प्रस्तुत गरिएको कुल बजेट रकमको १० प्रतिशत विपन्न बर्गका महिला, १० प्रतिशत विपन्न बर्गका बालबालिका र १५ प्रतिशत सबै जातजातिका आर्थिक रुपमा विपन्न तथा आर्थिक एवं सामाजिक रुपमा पिक्ष्ँडिएका जेष्ठ नागरिक बर्गलाई प्रत्यक्ष्ँ फाईदा पुग्ने कार्यक्रमको लागि रकम बिनियोजन गरी कार्वान्वयन गरिने सो प्रस्तुत बजेटमा जनाईएको छ ।
         जीतपुरको मध्य बजार क्ष्ँेत्रमा रहेको रांगा भैसी बजारले सहरको सौदर्यता नष्ट गरीरहेको सन्दर्भमा उक्त बजारलाई उपयुक्त ठाउको ब्यवस्था गरी सो स्थानमा नगरपालिका भवन निर्माण गर्न संघिय मामिला तथा स्थानीय विकास मंत्रालयमा अनुरोधको लागि प्रस्ताव गर्ने र नगरपालिका क्ष्ँेत्र भित्रका जेष्ठ नागरिक मध्य सबै भन्दा जेष्ठ महिला १ र पुरुष १ लाई जेष्ठ नागरिक दिवसको उपलक्ष्ँमा सम्मान र वडा मंञ्चका पदाधिकारीहरु उपभोक्ता मंचका पदाधिकारीहरुको अनिवार्यरुपमा निजि शौचालय भएको हुनुपर्नेछ अन्यथा सोको पदाधिकारीमा बस्न नपाउने निति लिएको छ, भने नगरपालिका क्ष्ँेत्र भित्रको सामुदायक विधालयबाट एस.एल.सि परिक्ष्ाँमा सर्वोत्कृषठ ल्याई उतिर्ण हुने २ जना विधार्थिहरुलाई कदर पत्र सहित नगद पुरस्कारले सम्मान गरिने ब्यवस्था गरीको गढीमाई नगरपालिका जीतपुर बाराको प्रथम नगर परिषदमा नगर प्रमुख कृष्ण प्रसाद चापागाईले प्रस्तुत गरेको बजेटमा जनाईएको छ ।
          यस गढीमाई नगपाललिकालाई मुलुककै नमुना तथा राष्ट्रिय गौरभको रुपमा बनाउन सकिने नेकाका युवा नेता तथा पूर्व सभासद सोभाकर पराजुली तत्कालिन जीतपुर–सिमरा पंचायतका मुकुन्द बहादुर खत्री, पूर्व सभासद जयराम दाहाल, प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल फत्तेपुर गाविसका निवर्तमान अध्यँक्ष्ँ अभिमन्यू क्ष्ँेत्री, एमाओवादीका नगरप्रतिनिधि राम सरण बर्तौला, माओवादीका प्रेम बराल, जनप्रजातान्त्रिक पार्टिका अफताब आलम, नेकाका ईन्द्र बहादुर पन्त, एमालेका सोहन शर्मँ, डुमरवाना गाविसका निवर्तमान अध्यँक्ष नारायण क्षेत्री, तमलोपाका शिवजी साह सोनार, जिल्ला विकास समिति बारा, कलैया स्थानीय विकास अधिकृत ईश्वर कुमार गिरी, जीतपुर गाविसमा निवर्तमान अध्यक्ष्ँ देवनारायण चौधरी, उधोग वाणिज्य संघ सिमराका अध्यक्ष्ँ रेशम तिवारी, सहकारीमा कृष्ण पौडेल महिला प्रतिनिधि रुपमाया तामांग र नेपाल पत्रकार महासंघ बाराका प्रतिनिधि बिदुर खडकाले आ–आफ्नो मंतब्यमा बताए ।
            गढीमाई नगरपालिका जीतपुर बाराका नगर प्रमुख कृष्ण प्रसाद चापागाईको सभापतित्वमा सो नगरपालिकाका सामाजिक विकास साखाका प्रमुख विरेन्द्र वाईबाले सो उदघाटन समारोहको सहजीकरण गरेका थिए भने, सो नगर परिषदमा सहभागी भएका हरुलाई गढीमाई नगरपालिका जीतपुर बाराका प्रशासन प्रमुख उमेश रेग्मीले स्वागत गरेको सामाचारमा जनाईएको छ ।
          प्रमुख अतिथि मंत्री पौडेलले यस गढीमाई नगरपालिका स्थित सामुदायिक विधालयहरु मध्ये २०७० सालको एस.एल.सि. परिक्ष्ाँमा सर्वौत्कृष्ठ अंक ल्याउने नेराउमावि बकुलियाका छात्र बिक्कि रौनियार सोही विधालयकी छात्रा अंजली विष्ठ, जन्ता उमाबि रजघट्टाका छात्र संतोष लामिक्ष्ाँने, नेराउमाबि बकुलियाकी रोश्नी नेसा अंसारी र नेराउमाबि औराहा सिमराका छात्र विनिता अधिकारीलाई नगद तथा सम्मान पत्रले सम्मानित गरेको सामाचारमा जनाईएको छ ।

फोटो ः जीतपुर स्थित गढीमाई नगरपालिकाको प्रथम नगर परिषदमा सहभागी भएका अतिथिहरु ः गम्भीरा सहनी



लोकप्रिय पोस्ट