गढीमाई नगरपालिका जीतपुर द्धारा
वडा कार्यालय स्थापना, काम सुचारु
जीतपुर,
नव घोषित बारा जिल्ला स्थित गढीमाई नगरपालिका अन्तर्गत पर्ने १६ वटा वडाहरुको कार्यालय स्थापनागरी आज देखि काम कारवाही सुचारु गरिएको कार्यकारी अधिकृत कृष्ण प्रसाद चापागाईले आज बताए ।
गढीमाई नगरपालिकामा सामावेश गरिएका ५ वटा सिमरा, जीतपुर, छातापिपरा, डुमरवाना र फत्तेपुर गाविसका बासिन्दा तथा सेवाग्राहीहरुलाई पायक पर्ने गरी संयुक्त वडा कार्यालय स्थापनागरी तत्कालिन गाविस सचिवहरुलाई अधिकार प्रत्यायोजन गरी काम गर्न निर्देशन दिएको कार्यकारी अधिकृत चापागाईले बताए ।
साबिक जीतपुर गाविसमा पर्ने गढीमाई नगरपालिकाको वडा नं. ५,६,७ र ८ नं. वडाहरुको काम जीतपुर स्थित आदर्श धर्मशाला भवनमा, वडा नं. १, २, ३ र ४ को काम सिमरा स्थित साबिक गाविस भवनमा, वडा नं. ९ र १० को काम छातापिपरा स्थित साविक गाविस कार्यालयमा, वडा नं. ११ र १२ को काम फत्तेपुर स्थित साविक गाविस कार्यालयमा र वडा नं. १३, १४, १५ र १६ को काम कारवाही डुमरवाना स्थित साविक गाविस कार्यालयमा गरिन्छ, भने समग्र नगरपालिकाको जन्म, मृत्यू, बैवाहिक, नाता प्रमाणीत सहित नगरको विकास निर्माणको काम कारवाही गढीमाई नगरपालिकाको कार्यालय जीतपुर बाट गरिने सामाचारमा जनाईएको छ ।
यही जेष्ठ मसान्त भित्र सम्म वडा नागरिक मञ्च गठन गरि आउदो असार महिनाको २८, २९ गते नगर परिशद सम्पन्न गरि एकिकृत कार्ययोजना तर्जुमा गरेर जिल्ला परिसदमा पेश गर्ने र आगामी आव २०७१र०७२ को श्रावन महिना देखि प्रचलित ऐन नियम बमोजिम गढीमाई नगरपालिकाको काम कारवाही संचालन गर्ने चापागाईले बताए ।
गढीमाई नगरपालिकामा समावेश गरिएका गाविसहरुमा अनावश्यक तथा प्रचलित ऐन नियम विपरित शिक्ष्ँक, कर्मचारी, स्वास्थ्यकर्मी मजदुरहरुलाई काममा लगाईएको बुझिनमा आएको छ सोको निक्र्यौल तथा टुंगो लगाउने काम आउदो नगरपरिषदले गर्ने गढीमाई नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद चापागाईले बताए ।