Friday, July 4, 2014

पथलैया राजस्वका गाडीहरु खुल्ला आकाश मुनि अलपत्र .

गोदाम भवनको कमी तथा लिलामी प्रक्रियाले गर्दा 
करोडौंको सवारीसाधन खुल्ला आकाश मुनी अलपत्र
         जीतपुर,
                गोदाम भवनको कमी तथा लिलाम विक्रीको लेनदेन तथा प्रक्रियाले गर्दा करोडौं मुल्य पर्ने मुल्यवान तथा विलासिताका सवारी साधनहरु अहिले मध्य क्ष्ँेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय रुद्रवाहीनी पथलैयाको परिसर भित्र खुल्ला आकास मुनी थन्केको सामाचार प्राप्त भएको छ ।
            चोरी पैठारीका सवारी साधनहरु पक्राउ गरी कमिसन तथा लिलाम विक्रीको लागि जनपद तथा सशस्त्र प्रहरी लगायतले राजस्व अनुसंधान मध्यमाञ्चल कार्यालय पथलैयामा बुझाए पनि गोदाम भवनको कमिले लिलम विक्री प्रक्रियाले गर्दा लामो समय सम्म सो सवारी साधनहरु खुल्ला आकाश मुनी राख्दा क्रमस ः सो सवारी साधनका पार्टपुर्जाहरु जिर्ण भई कम मुल्यमा लिलम विक्री गर्न बाध्य भएको सो कार्यालयका एक अनुसंधान अधिकृतले बताए ।
          भवनको कमीले करोडौं मुल्यको सरकारी सम्पत्तिको अवमुल्यन भएको छ सोको समुचिव ब्यवस्थापन तथा कार्यालय संचालनको लागि पथलैया राजस्व चेकपोष्ट नजिक राष्ट्रिय बनक्ष्ँेत्र सिमामा पर्ने साढे नौं कठा जग्गा यस कार्यालयको नाउमा रजिष्ट्रसन पास भईसकेको छ र आउदा महिना देखि सो जग्गामा भवन निर्माण गर्ने काम सुरु गर्ने तैयारी भईरहेको राजस्व अनुसंधान मध्यमाञ्चल कार्यालय पथलैयाका प्रमुख अनुसंधान अधिकृत संतोष श्रेष्ठले प्रतीकलाई बताए ।
           चोरी पैठारीका मालसामान सहित सवारी साधनहरुको सुराक दिने ब्यक्तिलाई १५ प्रतिशत तथा बरामद वा पक्राउ गरी यस कार्यालयमा बुझाउने सुरक्षाकर्मी लगायतलाई २० प्रतिशत प्रोत्साहन स्वरुप कमिसन दिने ब्यवस्था छ तर यता चोरी पैठारीका सवारी साधनहरु पक्राउ गरी आफु मनखुसी मुल्य निर्धारण गरी बुझाएकोले सोको लिलाम विक्रीमा ढिलाई भएको छ , सो चोरी पैठारीको मुल्य निर्धारण नगरि बुझाएमा सोको लिलाम विक्रीको आधारमा कमिसन दिईने छ त्यसैले लिलाम विक्री तथा मुल्य निर्धारण प्रक्रियालाई छिटो छरितो बनाउनको लागि जथाभावि मुल्य निर्धारण नगरि प्रचलित ऐन नियम बमोजिम मुल्य निर्धारण गरेर सोको समुचित ब्यवस्थापन गर्न सरोकारवालहरु सजग हुन जरुरी भएको सुचना तथा अनुसंधान अधिकृत बुद्धि प्रसाद पन्तले एक समारोह विच संचारकर्मीलाई बताए ।

फोटो ः करोडौ मुल्य पर्ने चोरी पैठारीका सवारी साधनहरु पथलैया स्थित सशस्त्र प्रहरी बलको परिसर भित्र खुल्ला आकास मुनी अलपत्र ः गम्भीरा सहनी 


लोकप्रिय पोस्ट