Saturday, July 12, 2014

सिमरा वन नर्सरीमा निशुल्क विरुवा वितरण जारी

अक्सिजन बिना १ घण्टा पनि बाच्न सकिदैन– जिवअ खडका
हरियालीको लागि निशुल्क १२ लाख बिरुवा वितरण 
 जीतपुर,
          अन्न पानी बिना केही दिन बाच्न सकिन्छ, तर अक्सिजन बिना १ घण्टा पनि बाभ्न सकिदैन र अक्सिजनको मुख्य प्राकृतिक श्रोत हरियाली, बन जंगल हो त्यसैले जीव जन्तु तथा मानव जिवन सुरक्ष्ाँको लागि वन जंगलको सुरक्ष्ाँ तथा बृक्ष्ाँरोपन गर्न सबैको साझा दायित्व भएको जिल्ला वन अधिकृत मन बहादुर खडकाले एक समारोह बिच बताए ।
          सरकारी बन, जंगलको सुरक्ष्ाँ, विकासको लागि जिल्ला बन कार्यालय बाराले आफ्नो साधन श्रोतले भ्याए सम्म सो काममा लागेको छ र यस जिवन रक्ष्ाँ काममा सबैले आ–आफ्नो क्ष्ँेत्रबाट सहयोग गर्न जरुरी छ, भने सरकारी बन जंगल क्ष्ँेत्र बाहिर हरियालीको लागि निजि वन, कृषि वन, सार्वजनिक, ऐलानि, प्रति जग्गामा बृक्ष्ाँरोपण गर्नको लागि जिल्ला भरी निशुल्क बिरुवा बितरण भईरहेको जिल्ला वन अधिकृत खडकाले बताए ।
          जिल्ला वन कार्यालय बारा, सिमराका सहायक वन अधिकृत शंकर प्रसाद गुप्ताका अनुसार बारा जिल्ला भरी बृक्ष्ाँरोपन गर्नको लागि निशुल्क बिरुवा वितरण गर्न बारा जिल्लाको १५ स्थानमा नर्सरीहरु छन् । बारा जिल्ला स्थित सिमरा, डकाहा, डुमरवाना, मधुवन, कोल्बी, कलैया, बतरा, फेटा, बरियारपुर, कवहीगोट, सिम्रौनगढ, चिउटाहा, दक्ष्ँिण झिट्कैया, मनहरवा र बसतपुरमा विभिन्न बास, खयर, सतिशाल, टिक, चिसउ, मसला आदि जातीको विरुवाहरु वितरण भईहरेको छ । यस पटक १२ लाख थान विरुवा वितरण गर्ने तैयारी भएको सहायह वन अधिकृत गुप्ताले आज बताए ।
          बारा उधोग वाणिज्य संघ जीतपुरका अध्यक्ष घनश्याम गिरी र लायन्स क्लब आंफ जीतपुर–सिमराका प्रथम उपाध्यक्ष्ँ संजय कुमार साहले मानव हितको लागि वृक्ष्ाँरोपण अभियान संचालन गरेका छन् र यस भेगमा पर्ने सार्वजनिक, ऐलानी, पर्ती पतार तथा निजि जग्गामा वृक्ष्ाँ रोपण गर्ने तैयारीका साथ सिमरा वन नर्सरीबाट विरुवा ल्याई आवश्यकता अनुसार वृक्ष्ाँरोपण सुरु गरिएको जीतपुर युवा क्लबका अध्यक्ष्ँ मनोज कुमार साहले बताए । 

सिमरा वन नर्सरीमा निशुल्क विरुवा वितरण जारी ः गम्भीरा सहनी 


लोकप्रिय पोस्ट