Monday, July 28, 2014

पथलैया प्रहरी द्धारा अबैध वन पैदावर सहित ७ वटा ट्याक्टर पक्राउ, अनुसन्धान सुरु

जीतपुर,
          चुरे क्ष्ँेत्रको वन पैदावार ढुंगा ग्रेबल लोड गरी बिरगंज तर्फ आईरहेको ७ वटा ट्याक्टरलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी चौकी पथलैयाले जिल्ला वन कार्यालय बारा सिमरालाई आज बुझाएको छ ।
            श्रवन १ गते देखि नेपाल सरकारले बारा जिल्ला सहित मधेश तराईका चुरे क्ष्ँेत्रबाट वन पैदावार निकासी गर्न प्रतिबन्ध लगाएको छ, भने आज बारा जिल्लाको चुरे क्ष्ँेत्रबाट सो अबैध वन पैदावार निकासी भईरहेको अवस्थामा पक्राउ गरी बुझाईएको प्रहरी चौकी पथलैयाले जनाएको छ ।
          प्रारम्भिक अनुसन्धान बमोजिम यी ट्याक्टरमा भएको वन पैदावारहरु बिदेशी निकासीको नभई आन्तरिक तथा घरायसी परियोजनको लागि भएको बरिष्ठ वन अधिकृत मुहमद वजिरले बताए । 
            वन पैदावार बिदेश निकासीमा पूर्ण रुपले बन्द गरिएको छ तर अन्तरिक खपतको लागि कुनै चिठि पत्रवा सहमती भएको छैन यी पक्राउ गरिएका ट्याकटरहरुको सम्बन्धमा जिल्ला प्रसाशन कार्यालय बारा कलैया र जिल्ला विकास समिति बारा संग समन्वय गरी काम करवाही गरिने जिल्ला वन कार्यालय बारा सिमराका प्रमुख जिल्ला वन अधिकृत मन बहादुर खडकाले आज प्रतीकलाई बताए ।
            

         पथलैया प्रहरी द्धारा पक्राउ गरिएका अबैध वन पैदावार सहित ट्याक्टरहरु ः गम्भीरा सहनी 

लोकप्रिय पोस्ट