Tuesday, July 8, 2014

साझेदारी कार्यालयको उद्घाटन सम्पन्न


साझेदारी कार्यालयको उद्घाटन सम्पन्न
प्रस ,जीतपुर ,
गढिमाइ साझेदारी वन व्यवस्थापन समुह, जीतपुरको कार्यालय आज उद्घाटन भएको छ ।जिल्ला वन कार्यालय बाराका प्रमुख मन बहादुर खड्काले रातो रीवन काटेर कार्यालयको उद्घाटन गरेका थिए ।कार्यव्रmममा जिल्ला वन प्रमुख खड्काले अगामि दिनमा कार्ययोजना निर्माण पछि राम्रोसंग पदयी जीम्मेवारी वहन गरी वनजङ्गल संरक्षण सम्वद्धनमा जोड दिन साझेदारीका पदाधिकारीहरूलाइ सल्लाह दिनुको साथै शुभकामना दिए ।गढिमाइ साझेदारी वन व्यवस्थापन समुहका अध्यक्ष गणेशप्रसाद साहको अध्यक्षतामा सम्पन्न सो कार्याव्रmमा गढिमाइ नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद चपागाइ ,सेक्टर वन कार्यालय पथलैयाका प्रमुख इमनाथ पौडेल ,जिल्ला वन कार्यालय बाराका शाखा अधिकृत भक्तराज पोखरेल ,जीतपुर उपाध्यक्षका सञ्जयकुमार साह ,साझेदारी सदस्य आनन्दकुमार यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

साझेदारीको कार्यालयमा उपस्थित सहभागीहरू ।फोटो ःगम्भीरा सहनी ।



लोकप्रिय पोस्ट