Tuesday, July 8, 2014

अर्गानिक धान बाली प्रर्दशन शुरू

अर्गानिक धान बाली प्रर्दशन शुरू
प्रस ,जीतपुर
बारामा एक जना पुर्व कृषि वैज्ञानिकले अर्गानिक धान उत्पादन प्रविधिबाट धान बाली प्रर्दशन शुरू गरेका छन् ।गढिमाइ नगरपालिका –४ घर भएका क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरका पुर्व कृषि वैज्ञानिक एवम नेपलिज र्फामिड्ड इन्सच्युट काठमाडौंका मुख्य वैज्ञानिक खड्गभक्त पौडेलले यस्तो प्रविधिको प्रदर्शन शुरू गरेको संचारकर्मीहरूलाइ जानकारी गराएका छन् ।
अफगानिस्तान ,भुटान ,भारत र नेपालको अन्य जिल्लामा सफल भएको यस प्रविधिबाट धान बाली लगाउदा“ तेब्बर उत्पादन हुने वैज्ञानिक पौडेलको भनाइ छ ।घर नजिकै पोहोर परीक्षण सकेर यस पल्ट प्रदर्शनको व्रंmममा धान रोपाइ गरिरहेका छन् ।१ विघा १५ कठा क्षेत्रफलमा उनले कस्तुरी र युएस ३ सय१२ जातको वीउ“ रोपाइ गरिरहेका छन् ।
 रासायनिक मल र विषादी विनानै उत्पादन तेब्बर गराउने उनको लक्ष्य छ ।स्थानिय स्तरबाट झारपात ,गोबर  सहायक जीवाणुको समुह( जीतवातु) हालेर बनाइएइएको जैविक मल अर्थात कम्पोष्ट मलबाट नै धान बढि फलाउने उनले तयारी गरेका छन् ।जीवातुको लागी किसानले बजारबाट ल्याएको एक बोतलबाट १९ लिटर पानीमा उक्त जिवातु मिसाएर खाल्डोमा राखिएको घर एवम खेतबाट विसर्जजित वस्तुमा छर्केर कम्पोष्ट मल बनाउन सकिने उनले बताए ।यसरी खेती गर्दा किसानको कम खर्च हुन्छ र माटोको उर्वरा शक्ति लामो समय सम्म बढाउन सकिने भएकोल्े यो प्रविधि अगाल्न वैज्ञानिक पौडेलले किसानलाइ आग्रह गरेका छन् ।
 यस प्रविधिमा ५ वटा कुराको ख्याल गर्नु पर्ने उनले बताए ।पहिलो उन्नत जातको वीउ“ छनौट ,व्याड व्यवस्थापन ,वीउ“ ११ दिन भएपछि रोप्ने ,लाइनमा २५  गुणा २५ सेन्टीमिटरको क्षेत्रफलमा रोप्ने  र एक ठाउ“मा एक वीउ“मात्र रोप्ने उनले बताए ।यसरी खेतीमा पहिलो चरणमा अलि कठिनाइ भएतपनि एक पटक उत्पादन हेरेपछि बारा ,पर्साका किसान यस प्रति आकर्षित हुने उनले बताए ।जना पनि कम लाग्ने उनको कहनाम छ ।
कम्पोष्ट मल बनाएको देखाउदै ,वीउ“ उखेल्दै र रोपाइ गर्दै महिला तथा वैज्ञानिक ।फोटो ःगम्भीरा सहनी ।


लोकप्रिय पोस्ट