Friday, February 27, 2015

गढीमाई नगरपालिका जीतपुर द्धारा पथलैया ट्राफिकलाई सहयोग

जीतपुर,
          सवारी दुर्घटना नियन्त्रण तथा जनचेतना मुलक सुचक बोड गढीमाई नगरपालिका कार्यालय जीतपुरका कार्यकारी अधिकृत कृष्ण प्रसाद चापागाईले मध्य क्ष्ँेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक उमेश रन्जितकारलाई एक समारोहका विच आज हस्तान्तरण गर्नु भएको ट्राफिक प्रहरी निरिक्षक अभय विक्रम शाहले बताए ।
          सरवारी दुर्घटना नियन्त्रण तथा जनचेतना मुलक ज्यानको लागि गढीमाई नगरपालिका जीतपुरले रु ३८ हजार ७ सय ३७ खर्चेर सो प्रचार प्रसार तथा शिक्षा मुलक साधन प्रदान गरिएको कार्यकारी अधिकृत कृष्ण प्रसाद चापागाईले बताए ।
         यस साधन श्रोतले सवारी दुर्घटना तथा यस भेगका सरोकारवालाहरुलाई समुचित शिक्ष्ाँ दिने काम गरेको ट्राफिक प्रमुख उमेश रन्जितकारले बताए ।

लोकप्रिय पोस्ट