जीतपुर,
गढीमाई नगरपालिका सहित पथलैया–गण्डक बिरगंज क्ष्ँेत्रको शान्ति सुरक्षा तथा आपराधिक कृयाकलाप नियन्त्रणको लागि गढीमाई न.पा.–५ स्थित १० कठ्ठा जग्गामा सशस्त्र प्रहरी बल सुरक्षावेस क्याम्पको ब्यारेक तथा कार्यालय कोठाको भवन निर्माण काम सुरु भएको सो भवन निर्माण स
मितिका संयोजक तथा बारा उधोग वाणिज्य संघ शाखा कार्यालय जीतपुरका अध्यक्ष्ँ घनश्याम गिरीले आज प्रतीकलाई बताए ।
यस भेगको शान्ति सुरक्षाको लागि सुरक्ष्ाँकर्मीहरुको आवास तथा कार्यालय भवन निर्माण्को निम्ती तत्कालिन जीतपुर गाविसको सर्वपक्ष्ँिय बैठकले सो १० कठ्ठा जग्गा सशस्त्र प्रहरी बल सुरक्ष्ाँवेश क्याम्प जीतपुरको नाममा रजिस्टे«सन पास समेत भईसकेको छ र यस भेगका सम्पूर्ण ब्यवसायी, बासिन्दा, उधोगि, संघ संस्थाहरुको आर्थिक तथा जिन्सी सहयोगमा सो भवन निर्माण गर्नको लागि जिविस बारा कलैयाको टिपर र स्काभेटरको सहयोगमा हाल सो जग्गा साम्य पार्ने काम भई रहेको निर्माण समितिका सदस्य बलिराम प्रसाद साहले बताए ।
यस भवनको निर्माणले यस क्ष्ँेत्रका भुमाफिया तथा अपराधिहरु निरुत्साहित भएका छन् भने छिमेकी बासिन्दाहरु सुरक्ष्ाँको अनुभुति पाएको गढीमाई–५ बकुलियाका जनप्रतिनिधि तथा निर्माण सहयोगि डमरु कामी, बकुलिया कलेजका अध्यक्ष्ँ हरिनारायण चौधरीले आज सो निर्माण स्थलमा प्रतीकलाई बताए ।
सो भवन निर्मँण स्थललाई साम्य पारी यसै महिना भित्र सो भवनको शिलान्यास गरि ३ महिना भित्र २० फिट चौडा र ६० फिट लम्बाई भएको ब्यारेक तथा २ कोठाको २ तल्ले भवन हतियार भण्डारण, संचार, कार्यालयको लागि हाल रु ३० लाखको लगतमा सो निर्माण काम पुरा गरि हस्तान्तरण गरिन्छ, भने आवश्यकता बमोजिम आगामी दिनमा थप भवन निर्माण गर्ने कार्य योजना भएको सो भवन निर्माण समितिका संयोजक घनश्याम गिरीले बताए ।