Sunday, March 1, 2015

स्वं. दोलेन्द्र बहादुर आमात्यको स्मृतीमा निशुल्क आखा शिविर तथा औषधी वितरण

जीतपुर,
            नेपाल फर्मास्यूटिकल्स प्रा.लि. चोर्नी–७ परसवा, पर्साका संस्थापक स्वं. दोलेन्द्र बहादुर आमात्यको स्मृतीमा निःशुल्क आखा शिविर तथा औषधी वितरण कार्यक्रम एक समारोहका विच स्थानीय विधालयमा आज समपन्न भएको छ ।
          दृष्टि आखा अस्पताल पावर हाउस, बिरगंजको प्राविधिक सहयोगमा सामुहिक जनविकास युवा क्लब परसवा द्धारा आयोजित सो कार्याक्रममा आखा रोग बिषेशज्ञ डा. हरि शर्मा र डा. बसन्त पौडेलले आखा रोगिहरुको चेकजाच तथा औषधी वितरण गरेको सामाचारमा जनाईएको छ ।
          सो शिविरमा बारा पर्साका दलित तथा बिपन्न बर्गका बासिन्दाहरु बढि सहभागि भएका छन् आज विहान ८ बज्जे देखि २ बजे सम्म ५ सय ३९ जनाको चेकजाच भएकोमा १ सय ३० जनालाई मोतिया बिन्दु भएको फेला परेको छ, भने मोतियाबिन्दु रोगिहरुको शल्यक्रिया दृष्टी आखा अस्पताल बिरगंजमा हुन्छ र समान्य रोगिहरुलाई निशुल्क औषधि वितरण गरिएको सो शिविरका आयोजक प्रतिनिधि बलराम चौधरीले बताए ।
             सो शिविर उद्घाटन समारोहको अध्यक्षता आयोजक सामुहिक जनविकास युवा क्लबका बरिष्ठ सल्लाहकार महादेव गुरोले गरेका थिए भने सो समरोहका प्रमुख अतिथि स्वं. आमात्यकी धर्मपत्नी श्रीमती कमलेश्वरी आमात्य, अतिथिहरु पर्सा २ का सभासद बिचारी यादब, शैलेन्द्र बहादुर आमात्य लगायतले श्रदाञ्चली अर्पण गर्दै यस्ता मानवहित तथा सामाजिक कामहरु आगामी दिनमा पनि जारी राख्ने बताए ।
           ग्रामिण गाउ बस्तीका बिपन्न तथा गरिब ब्यवसायी बासिन्दाहरुको आखा रोग निको पार्ने उदेश्यले स्थानीय समाज सेवी संस्थाहरुको मांग बमोजिम आखा शिविर संचालन गर्ने कार्य निति निर्माण भएको छ, यस तर्फ स्थानीय बासिन्दाहरु सजग भई आ–आफ्नो मानव शरिरको मुख्य अंग आखाको उपचारको लागि समयमै सम्पर्क तथा उपचार गराउन आवश्यक भएको दृष्टी आखा अस्पताल पावर हाउस बिरगंजका अध्यक्ष्ँ बिष्वराज गौतम, सचिव रैजु प्रसाद साहले प्रतीकलाई बताए ।

लोकप्रिय पोस्ट